तपाईँ सुन्दै हुनुहुन्छः

गाँजासहित चार जना पक्राउ

प्रतिकात्मक फोटो

तुलसीपुर । दुई ग्राम(एक पाउ) गाँजासहित तुलसीपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा गएको प्रहरीले तुलसीपुरको गोरखा बोर्डिङ स्कुल पछाडिबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुरको बरुवागाउँ निवासी ३९ वर्षका गजेनद्र विक्रम राना, २५ वर्षका अर्जुन बस्नेत, महेन्द्र स्कुल निवासी २५ वर्षका राज गुरुङ र तुलसीपुर ५ निवासी २४ वर्षका गोपाल नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button