तपाईँ सुन्दै हुनुहुन्छः

ईंटाभट्टाको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित काली खोलामा गए राति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा५ख ३११ नम्बरको महाशक्ति ईंट्टाभट्टाको मिनी ट्रक दुर्घटना भई सडकबाट खोलामा झरेको हो ।

उक्त दुर्घटनामा चाँगुनारायण–३ झौखेल बस्ने अन्दाजी ३५ वर्षका ट्रक चालक नवराज लाछिवाको मृत्यु भएको प्रहरीले जनाएको ।

ट्रक खोलामा खसेको जानकारी प्राप्त हुनासाथ व्यासी प्रहरी प्रभागको टोली घटनास्थल पुगेर चालक लाछिवाको उद्धार गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनामा चालक लाछिवा ट्रकको अघिल्लो भागले च्यापिएको अवस्थामा फेला परेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्रनाउ) दीपक गिरीले बताउनुभयो ।

घाइते चालकलाई क्रेनको सहायताले उद्धार गरी सल्लाघारीस्थित डा. इवामुरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button