तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा ‘शान्ति पार्क’ निर्माण हुँदै   

मेलम्ची । भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा  सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिकामा शान्ति पार्क निर्माण गर्न थालिएकाे छ ।

गाउँपालिकाको नवलपुरमा रु एक करोड ५० लाखमा पार्क निर्माणको काम भइरहेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूकम्पमा मृत्यु भएका गाउँपालिका भरका मानिसको नाम सो पार्कमा लेखिनेछ ।

गाउँपालिकाभर भूकम्पमा परी ५०० ले ज्यान गुमाएका थिए ।

तत्कालीन सात गाविस मिलेर इन्द्रावती गाउँपालिका बनेको हो । भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

आगामी आर्थिक वर्ष ०७७/७८ मा शान्ति पार्क निर्माण भइसक्ने अध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button