तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भारत सिमा क्षेत्रमा होल्डिङ क्याम्प स्थापना

रुपन्देही । कोरोना महामारीका कारण भारतमा रहेका नेपाली स्वदेश फर्किने क्रम बढेपछि नेपाल भारत सिमा क्षेत्रमा होल्डिङ क्याम्प स्थापना गरिएको छ ।

रुपन्देहीको बेलहिया नाकाबाट भित्रिने नेपालीलाई गन्तव्यमा पठाउन भैरहवामा रहेको प्रतिमान निमा स्मृत्ति प्रतिष्ठानको भवनलाई होल्डिङ क्याम्प बनाइएको हो ।

आइतवारदेखि शुरु गरिएको होल्डिङ क्याम्पमा पहिलो दिन नै ५ सयभन्दा बढी नेपाली भारतबाट आएको र उनीहरुलाई सवारी साधनको व्यवस्थापन गरि गन्तव्यमा पु¥याइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

भारतका विभिन्न शहरहरुमा लकडाउनलाई खुकुलो बनाउंदै रेलसेवा संचालन गर्न थालिएपछि त्यहां रहेका नेपालीहरु दैनिक सयौंको संख्यामा स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button