तपाईँ सुन्दै हुनुहुन्छः

मृगको मासुसहित उदयपुरमा दुई युवा पक्राउ

उदयपुर । उदयपुरमा जंगली जनावर मार्ने दुई युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ५ जुटपानी बस्ने बर्ष २८ को बिरेन तामाङ र बर्ष ३६ को राज कुमार तामाङ रहेका छन् ।

उनीहरुलाई स्थानीय सगरमाथा सामुदायिक वन क्षेत्रमा शिकार खेली मृग मारेर काटकुट पारी घरमा ल्याएको गोप्य सुचनाको आधारमा पक्राउ गरिएको थियो । ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटेका प्रहरी टोली र सव डिभिजन वन कार्यालय सुन्दरपुरबाट खटेको संयुक्त टोलीले मृगको मासुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ दुवैलाई सव–डिभिजन वन कार्यालय सुन्दरपुरमा राखी थप अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय उदयपुरका सहायक डिभिजन वन अधिकृत जागेश्वर साहले बताए । अधिकृत साहका अनुसार पक्राउ परेकाहरुलाई वन ऐन अन्तर्गत कानूनी कारबाही हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button