तपाईँ सुन्दै हुनुहुन्छः

थप दुई सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या तीन हजार चार सय ४८ पुग्यो

फाइल तस्बिर

काठमाडौँ । आज थप दुई सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन हजार चार सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप दुई सय नौ जना पुरुष र चार जना महिलामा सङ्क्रमण पुष्टि भएको जनकारी दिनुभयो ।

प्रवक्ता डा.विकास देवकोटाले दिनुभएको जानकारी अनुसार नेपालमा हालसम्म ७१ जिल्लाका तीन हजार दुई सय १२ जना पुरुष र दुई सय ३६ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी आज थप एक सय दुई जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्किनेको कूल सङ्ख्या चार सय ६७ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप दुई जना महिला र एक सय जना पुरुष कोरोना मुक्त भएका छन् ।

आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १२ जना, कैलाली अस्पतालबाट बाराका ३४ जना, युनिफाईड कोभिड–१९ अस्पताल बलम्बुबाट महोत्तरीका एक जना, कोरोना आइसोलेसन सेन्टर बुटवलबाट रुपन्देही र कपिलवस्तुका २७ जना, कोरोना विशेष अस्पताल दाङबाट बाँके कपिलवस्तु र दाङका १० जना, गौर नर्सिङ अस्पतालबाट रौतहटका १८ जना कोरोना मुक्त भई घर फकिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म जम्मा तीन सय ९९ जना पुरुष र ६८ जना महिला गरी कूल चार सय ६७ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button