तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा कोरोना सङ्क्रमित थपियो, बेलकामा दुई र चौदण्डिगढीमा एक जना

उदयपुर । उदयपुरमा कोरोना सङ्क्रमित थपिएको छ । जिल्लाको बेलका नगरपालिकामा दुई र चौदण्डिगढी नगरपालिकामा एक गरी तीन जना थपिएको हुन् । अब उदयपुरमा सङ्क्रमितको सङ्ख्या ३६ पुगेको छ ।

स्वास्थ्य कार्यालय उदयपुर प्रमुख मोहन सुवेदीले तीन जना थपिएको खबरपछि सङ्क्रमितको व्यवस्थापनमा लागेको बताउनुभयो ।

बेलकामा भारतबाट आई क्वारेनटाइनमा बसेकामा ३२ वर्षका दुई जना पुरुषमा सङ्क्रमण देखिएको बुझिएको छ भने चौदण्डिको स्थानीय एक जना भएको बुझिएको छ ।

गत जेठ २ गते सङ्क्रमित ३३ जना पुगेपछि उदयपुरमा कोरोना संक्रपिमत थपिएका थिएनन् ।

भारतबाट आउने उदयपुरे नागरिकमा कोरोना सङ्क्रमणको आशङ्का थियो । गाईघाटको मोतिगडा क्वारेन्टाईनको ५४ जना भारतबाट आएकाको रिपोर्ट आउन बाँकी रहेको बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button