तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : पिसीआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रियसभा आजको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा सरकारले पिसीआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसद खिमलाल भट्टराईले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको अवस्थामा लकडाउन खुकुलो बनाउँदा निश्चित मापदण्ड बनाइनुपर्नेमा जोड दिँदै पिसीआर किट परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले क्वारेनटाइनमा बसेका व्यक्तिहरूको मृत्यु भइसकेपछि मात्रै कोरोना पोजिटेभि पुष्टि हुनु दुखद भएको भन्दै कोरोना उपचारमा अहिलेसम्म भएको खर्च सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद शारदा भट्टलेले तेस्रो मुलुकबाट आउने र भारतबाट आउने नेपालीहरूलाई सरकारले समान व्यवहार गर्नुपर्ने बताउनुभयो ।

सांसद शेखर कुमार सिंहले सरकारले हवाई सेवाबाट विदेशमा रहेका आफ्ना नागरिकलाई ल्याउनु प्रशंसनीय भएको बताउनुभयो ।

सांसद चक्रप्रसाद स्नेहीले देशभरिका कारागारभित्र पनि कोरोना भाइरसको सङ्क्रमण देखिन थालेकाले सरकारले ५० प्रतिशत जेल जीवन बिताइसकेकालाई कैद मुक्त गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसै गरी सांसद प्रमिला कुमारीले मिथिलाको इतिहास नेपालको इतिहासभन्दा पुरानो भएकाले मधेसका नागरिकलाई विभेदकारी व्यवहार नगर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button