तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक कोरिडोर उद्योगहरु सञ्चालनमा

लकडाउनको अवधीमा जेठ २० गते सम्म नेपालका प्रमुख पाँच औद्योगिक कोेरिडोरका खाद्यान्न, औषधी तथा डेरी उद्योगहरुसबै जसो सञ्चालनमा रहेका छन् ।

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले खाद्य उद्योग अन्र्तगतका बिस्कुट, चाउचाउ, चामल, दाल, चिउरा, पिठो र तेल आदि उद्योगहरु सबै जसो करिव ५० देखि ६० प्रतिशतको क्ष्मातामा सञ्चालनमा रहेको जनाएको छ ।

यस अवधीमा एलपी ग्यास र अक्सिजन ग्यास उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा रहेको, औषधी उद्योग ६० प्रतिशतको क्षमतामा सञ्चालनमा रहेको र चिनि उद्योगमा ४० हजार मेट्रिक टन चिनि स्टक रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

लकडाउनको अवधीमा नेपालका चिया उद्योगहरु भने ४० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको र ती उद्योगहरुले भारतमा गर्दै आएको निर्यातमा भारत सरकारले रोक लगाएको मन्त्रालयले जनाएको छ ।

यस अवधीमा दाना उद्योग ४० प्रतिशतको क्षमतामा सञ्चालनमा रहेको, अण्डा उतपादनमा समस्या नरहेको तर बोइलर उत्पादन गर्ने पोल्ट्री उद्योगमाको मागमा कमी आएकोले धेरै जसो बन्द भएको जनाइएको छ ।

त्यस्तै जारको खाने पानी उत्पादन गर्ने उद्योगहरु ६० प्रतिशत क्षमतामा सञ्चालन भएको, रातो ईटा पूर्ण रुपमा मौज्दातमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button