तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा एक जनाको क्वारेनटाइनमै मृत्यु

बाजुरा । बाजुरामा एक जनाको क्वारेनटाइनमै मृत्यु भएको छ । खप्तड छेडे दह गाउँपालिका वडा न.७ स्थित मस्टा आधारभूत विद्यालयमा रहेको क्वारेनटाइनमा सोही वडाका अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले जानकारी दिनुभयो ।

मृतक पुरुष भारत बाट आएर जेठ १६ गते देखि क्वारेनटाइनमा बस्दै आएका थिए ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी पठाइएको र उक्त क्वारेनटाइन पनि सिल गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।

यसैबिच डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका वडा नं. ३ निवासी ५८ वर्षीय पुरुषको घरमै क्वारेनटाइनमा बसेको अवस्थामा यही जेठ २० गते मृत्यु भएको र मृत्यु पछि पिसीआर परीक्षण गरिदा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज विज्ञप्ति जारी गर्दै सोही गाउँपालिकाका स्वास्थ्य कर्मी मार्फत कन्ट्याक्ट टे«सिङ गर्न लगाइएको र प्रतिष्ठानको टोली पुगेपछि अन्य व्यक्तिहरूको आवश्यक परीक्षण गरिने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button