तपाईँ सुन्दै हुनुहुन्छः

तीन लाख घुससहित वडा अध्यक्ष पक्राउ

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष देवेन्द्र पुन तीन लाख घुससहित रुपन्देहीको सैनामैनाबाट रंगेहात पक्राउ परेका छन् ।

शनिवार रुपन्देहीको सालझण्डीमा एक व्यक्तिसँग घुस लिने क्रममा अख्तियारको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको हो ।

काठको काम गर्ने एक व्यवसायीसँग काठ लिलामको काममा सहजीकरण गरिदिने भनी घुस लिँदै गरेको अवस्थामा अख्तियार कार्यालय बुटवलको टोलीले पुनलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले वडा अध्यक्ष पुन घुससहित रंगेहात पक्राउ जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button