तपाईँ सुन्दै हुनुहुन्छः

रोटरी क्लबद्वारा १५ जना बालिकालाई साइकल वितरण

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ५ स्थित चेरु माई स्थानमा पर्ने इच्छेश्वर माध्यमिक विद्यालयका १५ बालिकालाई साइकल वितरण गरिएको छ ।

रोटरी क्लब बर्दिबास महोत्तरीले उनीहरूलाई साइकल वितरण गरेका हुन् । साइकल पाएपछि बालिकाहरू दङ्ग परेका छन् । जेहेन्दार, गरिबी, टाढा टाढाबाट विद्यालय आउने बालिका र पढ्नमा लगनशील बालिकाहरूलाई साइकल वितरण गरिएको रोटरी क्लब बर्दिबासका अध्यक्ष शम्भुप्रसाद भट्टराईले बताउनुभयो ।

विद्यालय सहयोग कार्यक्रम अन्तरगत उनीहरूलाई साइकल वितरण गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

प्रदेश सभा सदस्य शारदादेवी थापाको प्रमुख आतिथ्यमा साइकल वितरण गरिएको हो । साइकल वितरण गर्दे प्रदेशसभा सदस्य थापाले बालिकाहरूलाई साइकलले स्कुल आउजाउमा सहयोग पुग्ने बताउनुभयो ।

रोटरी क्लब बर्दिबासले शिक्षा, स्वास्थ्य, शान्तिको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button