तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८३ पुग्यो

मकवानपुर । बागमती प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हिजो शुक्रवार एकै दिन २६ जनामा कोरोना सङ्क्रमणका नयाँ बिरामी थपिएसँगै सङ्ख्या ८३ पुगेको हो ।

प्रदेशका विभिन्न अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्य कर्मीमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

हालसम्म सङ्क्रमित मध्ये ३१ जना कोरोना सङ्क्रमित उपचार पछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशमा हालसम्म तीन जनाको कोरोनाका भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको प्रवक्ता सेढाईले बताउनुभयो ।
प्रदेशका १३ जिल्ला मध्ये काठमान्डौमा सबैभन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् ।

काठमाडौँमा हालसम्म २३ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै रोमछाप १९ जना , चितवन, काभ्रे र मकवानपुरमा ६/६ जना , भक्तपुरमा पाँच जना, धादिङ र सिन्धुलीमा चार/चार जना, ललितपुर र नुवाकोटमा तीन÷तीन जना तथा सिन्धुपाल्चोक र दोलखामा दुई/दुई जनामा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

हालसम्म ८३ जनामा सङ्क्रमण देखिएकोमा ३१ जना उपचार पछि निको भइसकेको, ४९ जना उपचाररत रहेको तथा तीन जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रवक्ता सेढाईले बताउनुभयो ।

सङ्क्रमित अधिकांशको आइसोलेसनमा उपचार भइरहेको समेत डाक्टर सेढाईले जानकारी दिनुभयो । पछिल्लो समय प्रदेश सरकारले कोरोना परीक्षणको दायरा बढाएसँगै कोरोना सङ्क्रमित पनि बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button