तपाईँ सुन्दै हुनुहुन्छः

व्यासका सबै वडा तथा स्वास्थ्य केन्द्र भाडामुक्त

तनहुँ – तनहुँको व्यासनगरपालिकाका चौध वटै वडामा वडा कार्यालय र स्वास्थ्य केन्द्रका आआफ्नै कार्यालय भवन निर्माण भएपछि भाडामुक्त हुँदै गएका छन् ।

नगरपालिकाको आर्थिक सहयोगमा प्रत्येक वडामा वडा कार्यालय र स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न हुँदै गएका छन् ।

नगरपालिकाका सबै वडा तथा स्वास्थ्य केन्द्रका आफ्नै भवन निर्माण गर्नका लागि नगरपालिकाले भौगोलिक अवस्थानुरुप बजेट विनियोजन गरी निर्माण सम्पन्न गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

व्यास–५ वडा कार्यालय भवन निर्माण सम्पन्न गरी सर्न मात्रै बाँकी रहेको र व्यास–१ को वडा कार्यालय निर्माण प्रक्रियामा छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button