तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखमा संक्रमितको संख्या ३ सय ८ पुग्यो

दैलेख । दैलेखमा थप ९१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै दैलेखमा कोराना भाईरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३ सय ८ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा दैलेखका थप ९० र सुर्खेतमा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मिनारायण तिवारीले विहिवार दिउँसो २ वजेर ५२ मिनेट जाँदा जारी गरेको प्रेस विज्ञप्तिमा जुम्लामा गरिएको परिक्षणमा दैलेखका थप ९० र सुर्खेतमा गरिएको परिक्षणमा थप १ जनामा कोरोना संक्रमणको पुष्टि गरिएको छ ।

संक्रमित हुने दैलेखको दुल्लु नगरपालिका र महावु गाउँपालिकाका हुन् । दैलेखको दुल्लु नगरपालिका वडा नं. १ का २०, २०, २१, २२, २३, ३१ वर्षीया पुरुष, वडा नं. २ का १७, १७, २०, २०, २० वर्षीय पुरुष, वडा नं. ३ का १७, १८, २६ वर्षीया पुरुष, वडा नं. ४ का २३, २८, ४७ वर्षीय पुरुष रहेका छन् । यस्तै दुल्लु नगरपालिका वडा नं. ५ का २ वर्षीया पुरुष र वडा नं. ६ का १९, २२, २२, ३५ वर्षीय पुरुष रहेका छन् ।

यस्तै दुल्लु नगरपालिका वडा नं. ७ का ४ वर्षीय पुरुष, वडा नं. ८ का १९ वर्षीया पुरुष, वडा नं. ९ का २३ वर्षीया पुरुष, वडा नं. १० का २० वर्षीया पुरुष र वडा नं. १२ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी दैलेखको महावु गाउँपालिका वडा नं. १ मा १६, २०, २५, २९, ३०, ३५ वर्षीय पुरुष र ९ वर्षीया महिला रहेका छन् । महावु गाउँपालिका वडा नं. २ का ४, ४, १७, १७, १८, २०, २०, २०, २१, २३, २३, २४, २४, २५, २५, २५, २५, २५, २७, २७, २९, २९, ३०, ३०, ३१, ३२, ३२, ३४, ३५, ३६, ३७, ३८, ३८, ४२, ४४, ४५, ४६, ४७, ४८, ५० वर्षीय पुरुष र २२, २६ वर्षीया महिलामा पनि कोरोना भाईरसको संक्रमण भएको छ । यस्तै महावु गाउँपालिका वडा नं. ३ का २०, ३०, ३०, ४० वर्षीय पुरुष, वडा नं. ४ का २१, ३०, ३५, ३५, ५६ वर्षीय पुरुष, वडा नं. ५ का १५, २३ वर्षीय पुरुषमा कोरोना भाईरसको संक्रमणको पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button