सुनसरीमा थप ५ जनामा कोरोना पुष्टी
सुनसरी । सुनसरीमा बिहीबार साँझ फेरी थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिकाका ३ जना र गढी गाउँपालिकाका २ जना गरी ५ जना थप नयाँ सङ्क्रमित सुनसरीमा थपिएका उनीहरू सबै पुरुष रहेको बताइएको छ ।
उनीहरू सबैको परीक्षण प्रादेशिक प्रयोगशाला विराटनगरमा भएको सङ्क्रमित सबै जना क्वारेनटाइनमै बसेकाहरू रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्