तपाईँ सुन्दै हुनुहुन्छः

मास्कको कालोबजारी गर्ने पसललाई दुई लाख जरिवाना

नेपालगन्ज । मास्कमा कालोबजारी गर्ने नेपालगन्जको एक पसललाई दुई लाख जरिवाना गरिएको छ ।

न्युरोडस्थित ग्लोबल साइन्टिफिक कर्पोरेसनलाई केएन ९५ मास्क ३३ प्रतिशत मुनाफा लिई ५ सय ६५ मा भ्याटसहित विक्रि गरेको तथा इन्फ्रारेड थर्मोमिटरको मूल्य अस्वभाविक वृद्धि गरेको देखिएपछि कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिवाना गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

संयुक्त बजार अनुगमन टोलीले उक्त पसललाई कालोबजारी गरेको भन्दै जरिवाना तिराएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button