तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाद्वारा घरमै पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान

सल्यान । सल्यानको छत्रेश्वरी गाउपालिकाले जेष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य सेवा दिएको छ । ८० बर्ष माथिका जेष्ठ नागरिकलाई घरमै गएर उपचार तथा परामर्श कार्यक्रम सञ्चालन गरेको हो ।

८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई विभिन्न रोगको संक्रमण हुने र हिडडुल गर्न समस्या हुने भएपछी उनिहरुको घरमै गएर उपचार तथा परामर्श सेवा दिइएको प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताए । उनले भने ‘गाउँपालिकाको आर्थिक बर्ष २०७६–०७७ वार्षिक कार्यक्रम र कोरोना भाइरसका कारण स्वास्थ्य संस्थासम्म पुग्न समस्या भएपछि घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।’

गाउँपालिकाका सातै वडामा सञ्चालन गरिएको कार्यक्रमबाट ८७ जना जेष्ठ नागरिकहरुलाई सेवा दिइएको छ ।’ वडा नम्बर एकमा २७, दुईमा ८, तिनमा ८, चारमा ८, पाँचमा १३, छ मा १५ र सातमा ८ जना जेष्ठ नागरिकलाई उपचार गरिएको अधिकृत खड्काको भनाई छ ।

जेष्ठ नागरिकहरुको घरमा पुगेका स्वास्थ्यकर्मी हरुले उनिहरुको स्वास्थ्य चेकजाँच, परामर्श र औषधिसमेत बितरण गरेको गाउँ स्वास्थ्य शाखा प्रमुख केशरी देवि भट्टराईले बताइन । उनका अनुसार जेष्ठ नागरिकहरुको रोगको पहिचान गरि आवश्यकता अनुसार विभिन्न १५ प्रकारका औषधि र भिटामिनहरु बितरण गरिएको छ ।

घरमै स्वास्थ्य चेकजाँच तथा औषधि पाएपछी जेष्ठ नागरिकहरु खुशी भएका छन । हिडडुल गर्न तथा स्वास्थ्य संस्थासम्म जान समस्या भएको बेला आफुहरुलाई चेकजाँच गर्न घरमै स्वास्थ्यकर्मी आएको भन्दै उनिहरुले खुशी ब्यक्त गरेका हुन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button