तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीमा परि आमा छोरीको जलेर मृत्यु


सुनसरी । सुनसरीको धरानमा आगलागीमा परि आमा छोरीको जलेर मृत्यु भएको छ ।

धरान १५ मा रहेकोे नरबहादुर श्रेष्ठको घरमा बिहीबार बिहान भएको आगलागीमा परि नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय बोल्न नसक्ने सीता श्रेष्ठको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


आगलागी हुनुको मुख्य कारण अझै खुल्न नसके पनि स्थानीयका अनुसार ग्याँस लिक भएर आगलागी भएको भन्ने अनुमान गरिएको आगलागी हुँदा बोल्न नसक्ने छोरी लिन भित्र जाँदा आमा छोरी २ जना आगोमा जलेको स्थानियबासीहरुले बताएका छन ।

एक तला गाह्रो लगाएको र अर्को तला काठले बनेको दुई तले घर जलेर पुर्णरुपमा नष्ट भएको छ । मृतक दुवै जनाको शव घरको तलामाथि जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक २ जनाको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button