तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा थप १३ जना कोरोना पोजेटिभ

सप्तरी । सप्तरीमा विहीबार १३ जनामा कोरोना पोजेटिभ भएको पुष्टिसँगै संक्रमित संख्या ६९ पुगेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दिएको जानकारी अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा ५, राजविराज नगरपालिकामा एक र शम्भुनाथ नगरपालिकामा एक जनामा कोरोना पोजेटिभ पाईएको हो । संक्रमितहरु सबै पुरुष नै रहेका छन् । एकसाता अघि स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले विभिन्न क्वारान्टाइनहरुबाट स्वाब संकलन गरी परीक्षणका लागि धरान स्थित वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ परीक्षण प्रयोगशाला पठाईएको थियो ।

यता संक्रमणको पुष्टि भएका व्यक्तिहरुलाई राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भईरहेको गजेन्द्रनारायण सिंह अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।

हालसम्मको प्राप्त विवरण अनुसार वर्साइन नगरपालिकामा १९, डाक्नेश्वरी नगरपालिकामा १२, राजगढ गाउँपालिकामा १३, हनुमाननगर कंकालिनी नगरपालिकामा ६, राजविराज नगरपालिकामा ५, छिन्नमस्ता गाउँपालिकामा ५, शम्भुनाथ नगरपालिकामा १, बलान विहुल गाउँपालिकामा ४, विष्णुपुर गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, राजगढ गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, खडक नगरपालिका १ र सुरुङ्गा नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button