तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका पहिलो कोरोना संक्रमित डिस्चार्ज


सप्तरी । सप्तरीका पहिलो कोरोना संक्रमित युवा बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उहाँको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजले जनाएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षीय मो. नसिमलाई गत बैशाख २९ गते स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पतालको आइसोलेशसनमा भर्ना गरिएको थियो । गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ ११ र १७ गते गरी दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आए पछि डिस्चार्ज गरिएको बताउनु भयो ।

सप्तरीमा ६९ जना कोरोना संक्रमित छन् । संक्रमितको यही अस्पताल र साइकृष्णा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button