तपाईँ सुन्दै हुनुहुन्छः

‘रोगले भन्दा भोकले मरिएला…’ सार्वजनिक

काठमाडौं । कोरोना भाइरसको जोखिम रहेका समयमा ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साङ्गीतिक ब्याण्ड डिमर्चाको नयाँ गीतको सो भिडियोमा कोरोनाका कारण भएको बन्दाबन्दी र यसले समाजमा उत्पन्न गरेको अवस्थालाई गीतमार्फत जीवन्त रुपमा प्रस्तुत गरिएको छ । “गीतले श्रम गरेर खाने हरेक मानिसको व्यथा र कथालाई बोल्ने मात्रै होइन, यो पीडादायी दिनको अन्त्य छिट्टै हुनेछ भन्दै निरास नहुन पनि आग्रह गरेको छ । ” ब्याण्डका गायक भाष्करध्वज श्रेष्ठले भन्नुभयो ।

“भिडियोले बन्दाबन्दीका कारण सबैभन्दा पीडित बनेका मजदुर र विपन्न परिवारको कथालाई उन्ने प्रयास गरेका छ”, निर्देशक सञ्जय मल्लले भन्नुभयो, “समाजको यथार्थ कथालाई वास्तविक पात्रमार्फत नै चरित्रका रूपमा चित्रण गर्न खोजेका छ ।”

बन्दाबन्दीका कारण विपन्न परिवार र मजदुर वर्ग बढी प्रभावित भएका छन् । स्थानीय सरकारले वितरण गरेको राहत पनि निर्विवाद बन्न सकेन । राहतका लागि मजदुर तथा विपन्न वर्गले आन्दोलन नै गनुपर्ने अवस्था पनि सिर्जना भएको थियो । कतिपय ठाउँमा राहत तथा खाना नपाएर सुतेकै अवस्थामा मजदुरको निधन भएको अवस्था र नाजुक समयलाई नै गीतका भावले सम्बोधन गर्न खोजेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button