तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा दुई दिनमा तयार भयो एक सय शय्याको आइसोलेसन वार्ड

सल्यान । सल्यानमा दुई दिनमा एक सय शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

शारदा नगरपालिका–२ स्थित सल्यान बहुमुखी क्याम्पस लुहापिङमा एक सय शश्याको आइसोलेसन तयार गरिएको हो ।

जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या वृद्धि हुँदै जानथाले पछि जिल्लामै एक सय वार्डको आइसोलेसन निमार्ण गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

देशभर सङ्क्रमण फैलिरहँदा अन्य जिल्लामा लग्न पनि समस्या हुने भएपछि एकै पटक ठुलो सङ्ख्यामा अट्ने गरी आइसोलेसन निमार्ण गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम

पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button