तपाईँ सुन्दै हुनुहुन्छः

कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म थप

काठमाडौं । आन्तरिक राजश्व विभागले कोरोना भाइरसको संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले बुझाउनुपर्ने कर तथा आय विवरण र ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद बढाएर आगामी असार ७ गतेसम्म थप गरेको छ ।

यसअघि विभागले कर तथा आय विवरण र कर दाखिला गर्नुपर्ने म्याद यही जेठ मसान्तसम्म तोकेको थियो ।

विभागले आज एक सूचना जारी गरी कर विवरण र दाखिला गर्नुपर्ने म्याद बढाएर आगामी असार ७ गतेसम्म बढाएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button