तपाईँ सुन्दै हुनुहुन्छः

नौ जनाको मृत्यु, संक्रमित २ हजार ३ सय

नेपालमा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि मृत्यु हुनेको सख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दोलखाका ७६ वर्षिय पुरुषको आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्य भएपछि मृतकको संख्या ९ पुगेको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले दिनुभएको जानकारी आनुसार मृतक व्यक्ति यही जेष्ठ १३ गते मष्तिस्क घात भई काठमाडौ मेडिकल कलेजमा भर्ना हुनुभएकोमा जेष्ठ १५ गते स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि थप उपचारका लागि त्रि वि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।

यसैगरी आज थप २ सय १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ७९ जना पुरुष र २२ जना महिला गरी जम्मा २ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार विराटनगर प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा धनकुटाका १ जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ७ जना, ताप्लेजुङका ३ जना, झापा, पाँचथर, र सप्तरीका १–१ जना गरी कुल १३ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ७ जना, सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा सल्यानका २ जना र दैलेखका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरङका २ जना, झापा, तेह्रथुम र सुनसरीका १–१ जना गरी जम्मा ५ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना र डोटीका २ जना गरी जम्मा ५ जना, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ६७ जना, रुपन्देहीका २६ जना र पाल्पाका २ जना गरी जम्मा ९५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटको ७ जना र दैलेखका ६ जना गरी जम्मा १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा जनकपुरका ९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ५ जना, प्युठानका २ जना र सल्यानका १ जना गरी जम्मा ८ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २ जना, काठमाडौका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना सर्लाहीका १५ जना, तथा धनुषा रुपन्देही र सिन्धुपाल्चोकका १–१ जना गरी जम्मा ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ६४ जिल्लाका २ हजार १ सय ३० जना पुरुष र १ सय ७० जना महिलामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।

यसैगरी आज थप १२ जना उपचार पछि निको भई डिस्चार्ज भएसंगै हाल सम्म कूल २ सय ७८ जना उपचार पछि निको भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा देवकोटाले आज जनकपूर अस्पताल बाट ५ जना, टेकु अस्पताल काठमाडौबाट १ जना, युनिफाईड कोभिड १९ अस्पताल बलम्बुबाट १ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट ५ जना कोरोना मुक्त भई घर पर्किएको जानकारी दिनुभयो ।

हाल सम्म २ सय २२ जना पुरुष र ५६ जना महिला कोरोना भाईरसको उपचार पछि निको भई घर फर्किएको मन्त्रालयकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button