तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप दुई जनामा कोरोना पोजेटिभ, सङ्क्रमित सङ्ख्या सात पुग्यो

पाल्पा  –पाल्पामा थप दुईमा कोरोना पोजेटिभ देखिएको छ । योसँगै पाल्पामा सङ्क्रमितको सङ्ख्या सात पुगेको छ ।

पिसिआर परीक्षण भएका मध्ये पाल्पाको रामपुर नगरपालिकामा दुई जनामा कोरोना पोजेटिभ देखिएको हो ।

भारतबाट फर्किएर क्वारेन्टाईनमा बस्दै आएका २३ वर्षीय र २८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा परीक्षण गर्दा पिसिआर पोजेटिभ आएको हो ।

उनीहरू भारतबाट पैदल खोला र जङ्गल हुँदै नेपाल प्रवेश गरेका थिए ।

यस अघि पाल्पाको निस्दीका दुई जना, माथागढीका एक जना र रैनादेवी छहराका दुई जना गरी भारतबाट फर्किएका पाँच जनामा पोजेटिभ देखिएको थियो ।

पाल्पामा भारतबाट आएका अधिकांशको किट अभावका कारण परीक्षण समेत हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button