तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा २४ घण्टाभित्रमा १ सय २० जनामा कोरोना, संक्रमितको संख्या ८ सय भन्दा बढी

जनकपुरधाम । प्रदेश नंं २ मा पछिल्लो २४ घण्टामा हालसम्मकै सवै भन्दा बढी १ सय २० जना नयाँ ब्यक्तिहरुमा कोरोना संक्रमणको भएको छ । यो संगै प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ जना पुगेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । सवै भन्दा बढी रौतहट जिल्लामा मात्र ७४ जनामा कोरोनाको संक्रमण भएको छ । रौतहट जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय १० पुगेको छ ।

यसका अतिरिक्त सप्तरी जिल्लामा १ जना, सिराहा जिल्लामा १७ जना, धनुषा जिल्लामा ४ जना, महोत्तरी जिल्लामा २ जना, सर्लाही जिल्लामा २१ जना, बारा जिल्लामा १ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । पछिल्लो पटक फेला परेका सवै संक्रमितहरु भारतवाट आई विभिन्न पालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेका छन् ।

सप्तरी जिल्लाको राजगढ गाउँपालिका स्थित नरघो माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहको १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । सिराहा जिल्लामा भने सिरहा नगरपालिका स्थित सूर्य नारायण सत्य नारायण मरबैता क्याम्पसको होस्टेलमा सञ्चालित क्वारेन्टाईनमा बस्दै आएका १ देखि १८ बर्ष उमेर समुहका २ जना, १८ देखि ४० बर्ष उमेर समुहका १२ जना र ४० देखि ७० बर्ष उमेर समुहका २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको सचिव डा. घिमिरेले बताउनुभयो ।

धनुषा जिल्लाको धनौजी गाउँपालिका स्थित शंकर माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १८ बर्ष देखि ४० बर्ष उमेर समुहका १ जना, नगराईन नगरपालिका स्थित प्रादेशिक क्वारेन्टाईन गांगुलीमा रहेका १८ बर्ष देखि ४० बर्ष उमेर समुहका १ जना र धनुषा जिल्लाकै हंसपुर नगरपालिका स्थित नवापुर माध्यमिक विद्यालय बत्चौराको क्वारेन्टाईनमा रहेका १८ बर्ष देखि४० बर्ष उमेर समुहका १ जना र सोही क्वारेन्टाईनमा रहेका ४० देखि ७० बर्ष उमेर समुहका १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषाको धनौजी गाउँपालिका, नगराईन नगरपालिका र हंसपुर नगरपालिकामा कोरोना संक्रमण पुष्टी भएको छ ।

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्वर २ स्थित महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका १ जना सोही नगरपालिकाको वडा नम्वर ५ स्थित बसबीट्टी माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ४० देखि ७० बर्ष उमेर समुहका १ जनागरी कूल २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सर्लाही जिल्लाको बलरा नगरपालिकाको स्थानीय क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ३ जना, सोही क्वारेन्टाइनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ । त्यसैगरी सर्लाही जिल्लाकै ब्रम्हपुरी गाउँपालिका स्थित रामविलास प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ९ बर्षिय वालक सहित १ देखि १८ बर्ष उमेर समुहका ५ जना र सोही क्वारेन्टाईनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका १२ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको सचिवले जानकारी दिए ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ गंगा पिपरा भलोहिया स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ५ जना र सोही क्वारेन्टाईनमा रहेका १९ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहट जिल्लाकै राजपुर नगरपालिका वडा नम्वर २ बैरिया स्थित स्थानीय मदरसाको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ११ जना र सोही क्वारेन्टाईनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका १० जना तथा रौतहट जिल्लाकै गढीमाई नगरपालिका वडा नम्वर ३ स्थित शंकर गुदर माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १८ बर्ष देखि ४० बर्ष उमेर समुहका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

रौतहट जिल्लाकै परोहा नगरपालिका वडा नम्वर ४ लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका ४ जना पुरुष तथा रौतहट जिल्लाकै राजदेवी नगरपालिका वडा नम्वर ६ स्थित मुडबलवा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका १ जना र सोही क्वारेन्टाईनमा नै रहेका १८ देखि ४० बर्ष उमेर समुहका १७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै गौर नगरपालिका वडा नम्वर ३ स्थित जुद्ध माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ५ जना र सोही क्वारेन्टाईनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै यमुनामाई गाउँपालिका वडा नम्वर ४ स्थित सरबठा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेकी ८ बर्षिय वालिका तथा १ बर्ष देखि १८ बर्ष उमेर समुहका १ जना र सोही क्वारेन्टाईनमा रहेका ४० देखि ७० बर्ष उमेर समुहका १ जना गरी कुल १ महिला र २ पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ ।

बारा जिल्ला देबताल गाउँपालिका वडा नम्वर २ स्थित नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा जिल्लामा यो समाचार तयार पारुन् जेल एक जना पनि नयाँ कोरोना संक्रमित व्यक्ति फेला नपरेको बताईएको छ । संक्रमितहरु मध्ये १ सय ४ जना निको भएको छ । अरुको पनि विभिन्न आईसोलेशनमा राखेर उपचार भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button