तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु

बैतडी । बैतडीमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुरचौडी नगरपालिका– ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका भटनाकै २२ वर्षीया सुनिता लुहारको मृत्यु भएको हो ।

मुटु रोगकी बिरामी लुहारको आज बिहान ५ः०० बजे मृत्यु भएको भटना स्वास्थ्य चौकीका इन्चार्ज रोहित कुमार धानुकले बताउनुभयो । लुहारको अवस्था हिजो सामान्य रहे पनि आज बिहानै मृत्यु भएको उहाँले बताउनुभयो ।

मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट आउनु भएकोमा १८ गतेदेखि क्वारेन्टाइनमा बस्नुभएको थियो । मृतकसहित उहाँसँगै बसेका चार जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिने भएको छ ।

मृतक लुहारका श्रीमान् र ३ छोराछोरी रहेका छन् । मृतक भारतको पन्जाबमा मुटुरोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन नगरेको उहाँका श्रीमान् हरिश लुहारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button