तपाईँ सुन्दै हुनुहुन्छः

सेनाले बनायो ६८ शय्याको अस्थायी क्वारेन्टिन

डोटी । जिल्ला सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई राख्नका लागि ६८ शय्याको अस्थायी क्वारेन्टिन निर्माण गरेको छ । शिखर नगरपालिकाको सहयोगमा सेनाले वडा नं ३ कालागाढको जङ्गलमा १७ क्वारेन्टिन निर्माण गरेको गणले जनाएको छ ।

जिल्लामा भारतबाट आउने नागरिक दिनहुँ बढिरहेको र उनीहरुलाई राख्न निर्माण गरिएका क्वारेन्टिनको सङ्ख्या अपुग भएका कारण नगरपालिकाको सहयोगमा सेनाले कवारेन्टिन निर्माण गरेको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले बताउनुभयो ।

नौ वटा स्थानीय तह रहेको डोटीमा गत चैत ११ गते देशमा भएको लकडाउनपछि करीब दश हजार नागरिक भारतबाट आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रत्येक क्वारेन्टाइनमा एकएक शौचालय तथा एक भान्साघर समेत रहेको नगर उपप्रमुख धौलीदेवी रावलले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button