तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा एउटै क्वारेनटाइनमा सात जना कोरोना सङ्क्रमित


धनगढी । कैलालीमा पछिल्लो पटक कोरोना सङ्क्रमणको पुष्टि भएका सात जना एउटै क्वारेनटाइनमा राखिएका व्यक्ति भएको खुलेको छ ।

सङ्क्रमित सबै जानकी गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेनटाइनमा राखिएका व्यक्ति भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

भारतसँगै अन्य जिल्लाबाट आएका गरी ४५ जनालाई त्यस क्वारेनटाइनमा राखिएको र ती मध्ये ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष प्रदीप चौधरीले बताउनुभयो ।

कोरोना सङ्क्रमणपछि गाउँपालिका क्षेत्रमा उच्च सतर्कता अपनाइएको र अन्तरपालिका आवतजावतमा थप कडा गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button