तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बाढीले बगाउँदा दुई जना बेपत्ता

धनगढी । कैलालीमा बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

चुरे गाउँपालिका –१ मा रहेको खोलामा आएको बाढीले बगाउँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का कमल थापा र गोपाल बिक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको छ ।

दुवै जना सडक मजदुर रहेको र काम सकेर खोला छेउमा पाल टाँगेर सुतिरहेका अवस्थामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button