तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विशेष अस्पताल बेलझुण्डी हाउसफुल


तुलसीपुर । तुलसीपुरको कोरोना विशेष अस्पताल बेलझुण्डी हाउसफुल भएको छ । ५० जनासम्म कोरोना संक्रमित राखेर उपचार गर्न सक्ने भएपनि अहिले ५१ जना संक्रमितको उपचार भईरहेको छ ।

अस्पताल भरीभराउ भएपछि अब थप बिरामी राख्न नसक्ने कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए ।

‘५१ जना कोरोनाका बिरामी भर्ना भएका छन् । उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि राख्नका लागि पनि ठाउँको आवश्यक पर्दछ ,’ सदस्य सचवि डा. शर्माले भन्नुभयो –‘ अन्य गम्भिर प्रकृतिका बिरामी पनि राख्नु पर्छ । अहिले सामान्य मात्रै छन् ।’
यो भन्दा थप बिरामी आएमा राख्ने ठाउँ र जनशक्ति पनि नपुग्ने अस्पतालले बताएको छ । अस्पताल भरिएकाले अब राख्ने ठाउँ नभएको बताउदै थप भेटिएका कोरोना संक्रमितलाई राख्नका लागि व्यवस्थापन समितिले आईसोलसेन वार्ड सहितको व्यवस्था मिलाउनु पर्ने डा. शर्माले बताए ।

अस्पतालमा भर्ना भएका ५९ जना मध्ये ८ जना कोरोना जितेर घरमा फर्किसकेका छन् । कोरोना अस्पतालमा अहिले दाङ सहित बाँके, वर्दीया, अर्घखाँची र कपिलवस्तुका गरि ५१ जना कोरोना संक्रमित भर्ना भएका छन् । संक्रमित पोजेटिभ देखिएको ७÷७ दिनमा पुनः परीक्षण गरिन्छ भने परीक्षण गर्दा नेगेटिभ देखिएमा दुई दिनपछि पुनःपरीक्षण गरिन्छ । दोस्रोपटक पनि रिपोर्ट नेगेटिभ आएमा कोरोना निको भएको मानिन्छ ।

तुलसीपुर तयारी

तुलसीपुर उपमहागनरपालिकाले नगर क्षेत्रमा थप कोरोना संक्रमित भेटिएमा राख्नका लागि आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको बताएको छ ।

‘हामी तयारी अवस्थमा छौ ,’ तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले भन्नुभयो– ‘यदि तुलसीपुरका १९ वटा वडामा कोरोना संक्रमित भेटिएमा राख्नका लागि दोघरेमा रहेको तुलसीपुर उद्योगवाणीज्य संघको सभाहल तयारी अवस्थामा राखेका छौ । चिन्ता गर्नु पर्दैन । ’

घोराहीको तयारी

घोराहीले पनि नगरका कुनै पनि व्यक्तीलाई बाहिर जान नपर्ने गरि तयारी थालेको बताएको छ । ‘ हामीले आईसोलेसन वार्ड कहाँ बनाउने भनेर छलफल गर्दै छौ,’ घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले भन्नुभयो‘ २/३ दिन भित्रमा तयार गर्छौ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button