तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाइनमा नअटेपछि त्रिपालमुनी बास


सल्यान । सल्यानमा क्वारेन्टाइको अभाव भएपछि भारतबाट आएका नागरिकहरु त्रिपालमुनी बस्न बाध्य भएका छन । जिल्लाको बनगाड कुपिण्डे नगरपालिमामा क्वारेनटाइनको क्षमता भन्दा बढी नागरिक भारतबाट आएपछि खुल्ला चौरमा त्रिपालमुनी बस्न बाध्य भएका हुन ।

१८ वटा विद्यालयमा निमार्ण गरिएको क्वारेन्टाइनमा नागरिकहरु नअटेपछि बाध्य भएर खुल्ला चौरमा पालमा राख्न बाध्य भएको मेयर गोविन्द कुमार पुनले बताए । उनले भने ‘नगरपालिकामा भएका सबै सरकारी भवनमा क्वारेन्टाइनमा भरी भराउ छन् खुला चौरमा राख्नु बाहेक अर्को विकल्प छैन ।’

प्रदेश सरकारसँग टेन्ट माग गरिए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको मेयर पुनको भनाई छ । प्रदेश सरकारले टेन्ट उपलब्ध गराएमा नागरिकहरुलाई सहज रुपमा व्यवस्थापन गर्न सजिलो हुने उनको भनाई छ । उनले भने ‘एकै पटक १२ सय भन्दा बढी नागरिक आए पछि व्यवस्थापन गर्न निकै समस्या भएको छ ।’

नगरपालिकाका १८ विद्यालयमा १२ सय बढी नागरिक बसी रहेको उनको भनाई छ । क्वारेन्टाइनको अभावकै कारण एउटै कोठामा २० देखी २५ जनासम्म बसाल्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।

दुई क्वारेन्टाइनमा रहेका ३५ जनामा कोरोना पोजेटिभ देखिएपछि झनै व्यवस्थापन समस्या भएको उपमेयर मञ्जु यरीले बताइन । क्यारेन्टाइनको मापदण्ड भन्दा पनि कसरी नागरिकलाई व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउन थालेको उनको भनार्इं छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका पछिल्लो समय कोरोनाको इपिसेन्टर भएको छ । संक्रमितको संख्या बढ्दै जानथाले पछि एक विद्यालयलाई आइसोलेसन बनाउने तयारी भइरहेको यरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button