तपाईँ सुन्दै हुनुहुन्छः

बाँके दुर्घटनामा मृत्यु र घाइते भएकाहरूको कोरोना परीक्षण गरिँदै

बाँके। बाँकेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी-२ ठूरिया जङ्गलमा गए राति फोर्स गाडी दुर्घटना हुँदा मृत्यु भएका १२ जना र घाइते २१ जना सबैको कोरोना परीक्षण गरिने भएको छ ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले मृतक र घाइते सबैको कोरोना भाइरसको परीक्षण गर्न थालेको बताउनुभयो ।

कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै शव हस्तान्तरण हुने उहाँले जानकारी दिनुभयो । शवको सनाखत भने हुन सकेको छैन । भारतबाट आएकाले उनीहरूमा कोरोनाको जोखिम रहेको छ ।

सबैको शव भेरी अस्पतालमा राखिएको छ । घाइतेहरूको पनि भेरीमै उपचार भइरहेको छ ।

भारतका विभिन्न सहरबाट आएका ३३ जना ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा सल्यान जाँदै गर्दा गए राति १२ बजे दुर्घटनामा परेका थिए ।

रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा फोर्स गाडीमा रहेका ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

एक जनाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button