तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोभिड–१९ सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत

काठमाडौं । भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भइ घर फर्किन वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या ८६ हजार ९८३ पुगेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

भारतमा आइतबारसम्ममा एक लाख ८२ हजार ९९० जना सङ्क्रमित भएका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार कूल सङ्क्रमितमध्ये ४७.७६ प्रतिशत व्यक्ति उपचारपछि निको भइ घर फर्किएका वा भारतबाट अन्य मुलुक गएका बताइएको छ ।

मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “विगत २४ घण्टामा चार हजार ६१४ व्यक्ति निको भई घर फर्किएका वा यहाँबाट अन्य मुलुक गएका छन् । योसँगै कूल निको हुनेको सङ्ख्या ८६ हजार ९८३ पुगेको छ अर्थात् ४७.७६ प्रतिशत सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।”

हाल चिकित्सकको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या ८९ हजार ९९५ रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

विभिन्न चरणमा पूर्व भावनात्मक र रोग निधानका लागि सक्रियता देखाई सङ्क्रमण नियन्त्रण, रोकथाम र व्यवस्थापनलाई अघि बढाएकोले अन्य ठूला मुलुकको तुलनामा भारतमा सङ्क्रमण फैलिने क्रम सुस्त रहेको दावी भारत सरकारले गरेको छ ।

भारतमा प्रति १० लाख जनसङ्ख्यामा १३३ जना सङ्क्रमित रहेको र चार जनाको मृत्यु भएको सरकारको तथ्याङ्कबाट पुष्टि भएको छ ।

यहाँ अहिलेसम्म ३७ लाख ३७ हजार २७ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण भएको छ । परीक्षण भएका व्यक्तिको सङ्ख्या प्रति १० लाखमा दुई हजार ७१० हुन आउँछ ।

भारतमा आइतबारसम्ममा पाँच हजार १६४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने आठ हजार ९४४ गम्भीर खालका विरामी रहेका मन्त्रालयले जानकारी गराएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button