तपाईँ सुन्दै हुनुहुन्छः

महासंघद्वारा लकडाउनमा पुनर्विचार गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघले यथार्थतालाई विश्लेषण गरी उद्योग व्यवसाय संचालनमा सहजता ल्याउन र लकडाउनको थप अवधिमा गम्भीर पुनर्विचार गर्न सरकारसंग जोडदार माग गरेको छ ।

महासंघले आज एक विज्ञप्ती मार्फत यस्तो विषम अवस्थामा लकडाउनको समयसीमा बढाउँदा सरोकारवालाहरू समेतको राय सल्लाह लिनु पर्नेमा त्यसो नगरी पुन जेष्ठ ३२ गतेसम्म अवधि थप गरिएकोमा चिन्ता व्यक्त गरेको छ ।

पुनः लकडाउनको अवधि बढाउदा मुलुकको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका सरोकारवालासंग प्रत्यक्ष संवाद हुनुपर्दथ्यो भन्ने धारणा महासंघको रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

लकडाउनको अवधिमा मुलुकले निकै ठूलो क्षति व्यहोरेको, कूल गार्हस्थ उत्पादनमा करिव ४ प्रतिशतको आर्थिक नोक्सानी भैसकेको र लाखौ मानिसहरू बेरोजगार भएका कारण उद्योग व्यवसाय थला पर्न थालेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button