तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त नगरपालिकाद्वारा महाकाली अस्पताल सुधारका लागि १० लाख सहयोग

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पताल सुधारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

महाकाली अस्पताललाई पूर्वाधार, उपकरण र सामाजिक सेवा सुधारका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनपछि भीमदत्त नगरपालिकाले अस्पताल सुधारलाई प्राथमिकतामा राखेर अस्पताललाई व्यवस्थित बनाउनका लागि सहयोग गर्दै आएको नगर प्रमुख विष्टले दाबी गर्नु भएको छ ।

आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको उपस्थितिमा नगर प्रमुख सुरेन्द्र विष्टले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठलाई रु. १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) ले नगर प्रमुख विष्ट सहित नगरपालिकाको टिमले अस्पताल सुधारलाई प्राथमिकता दिएर सहयोग गर्दै आएकोमा धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button