तपाईँ सुन्दै हुनुहुन्छः

संविधान संशोधनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

काठमाडौँ– नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजे बस्ने बैठकमा संविधान संशोधन प्रस्तावलगायत समसामयिक विषयमा छलफल हुने काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यही जेठ ११ गतेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले सरकारद्वारा संसद्मा प्रस्तुत संविधान संशोधनसम्बन्धी विषयमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज केन्द्रीय समिति बैठक बोलाइएको हो ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button