तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका स्थानीय तहमा साढे दुई अर्व बजेट

पर्वत । सरकारको प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पर्वतका स्थानीय तहले दुई अर्व ५२ करोड ५९ लाख रुपैयाँ बजेट पाएका छन् ।

सात स्थानीय तह रहेको पर्वतमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान तथा समपूरक अनुदानमार्फत बजेट प्राप्त हुने भएको हो ।

कुस्मा नगरपालिकाले कुल ५१ करोड १६ लाख रुपैंया प्राप्त गर्नेछ भने फलेवास नगरपालिकाले ५३ करोड ७५ लाख रुपैंया प्राप्त गर्नेछ । जलजला गाउँपालिकाले २९ करोड २४ लाख, पैयू गाउँपालिकाले २५ करोड ५२ लाख रुपैंया प्राप्त गर्नेछन् । जिल्लाको महाशिला गाउँपालिकाले २५ करोड १० लाख, मोदी गाउँपालिकाले ३८ करोड ४३ लाख र विहादी गाउँपालिकाले २९ करोड ३९ लाख रुपैंया प्राप्त गर्ने भएको छ ।

कुस्मा नगरपालिकाले समानीकरण अनुदान तर्फ १३ करोड ३१ लाख, सशर्त अनुदान तर्फ ३७ करोड २९ लाख र समपूरक अनुदान तर्फ ५६ लाख रुपैंया प्राप्त गर्नेछ । फलेवास नगरपालिको समानीकरण अनुदान तर्फ १० करोड आठ लाख, सशर्त अनुदान तर्फ ४१ करोड ३२ लाख विशेष अनुदान तर्फ दुई करोड ३५ लाख र समपूरक अनुदान तर्फ ५६ लाख रुपैंया प्राप्त गर्नेछ ।

जिल्लाको जलजला गाउँपालिकाले समानीकरण अनुदान तर्फ नौ करोड ४२ लाख, सशर्त अनुदान तर्फ १९ करोड ८२ लाख रुपैंया प्राप्त गर्नेछ ।

जिल्लाको पैयू गाउँपालिकाले समानीकरण अनुदान तर्फ सात करोड ९४ लाख, सशर्त अनुदान तर्फ १७ करोड ५८ लाख रकम प्राप्त गर्नेछ ।

महाशिला गाउँपालिकाले भने समानीकरण अनुदान तर्फ छ करोड ७२ लाख, सशर्त अनुदान तर्फ १५ करोड ८२ लाख, विशेष अनुदान तर्फ एक करोड २० लाख र समपूरक अनुदान तर्फ एक करोड ३६ लाख रुपैंया प्राप्त गर्नेछ । मोदी गाउँपालिकाले समानीकरण अनुदान तर्फ नौ करोड ३१ लाख, सशर्त अनुदान तर्फ २६ करोड ९२ लाख विशेष अनुदान तर्फ एक करोड र समपूरक अनुदान तर्फ एक करोड २० लाख रुपैयाँ प्राप्त गर्नेछ । विहादी गाउँपालिकाले समानीकरण अनुदान तर्फ सात करोड ४९ लाख, सशर्त अनुदान तर्फ १७ करोड ९० लाख र समपूरक अनुदान तर्फ ४ करोड रुपैंया प्राप्त गर्नेछ ।

सरकारले प्रस्तुत गरेको बजेटमा पर्वतका चार वटा रणनीतिक सडकलाई पनि प्रर्पाप्त बजेट विनियोजन भएको छ ।

बजेटले जिल्लाको विकास र समृद्धिमा ठुलो योगदान पुग्ने विश्वास रहेको सङ्घीय सांसद पदम गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button