तपाईँ सुन्दै हुनुहुन्छः

डिपोरिङगहरु सञ्चालनमा आउन नसक्दा किसानहरु प्रत्यक्ष मारमा

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा निर्माण गरीएको चार वटा डिपोरिङगहरु सञ्चालनमा आउन नसक्दा किसानहरु प्रत्यक्ष मारमा परेका छन् । । निर्माण भएको पाँच महिना पुग्न लाग्दा पनि उपभोक्ता समिती र बिद्युत प्राधिकरणको बिवादका कारण डिप बोरिङ सञ्चालनमा आउन नसकेको हो ।

भुमिगत सिँचाईँ प्रणाली अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ र १६ मा चार वटा ‘डिप बोरिङ’ निर्माण गरेको छ । करिब दुई सय बिगाह जमिनमा सिँचाई सुबिधा पु¥याउने लक्ष्य सहित सो बोरिङ स्थापना गरिएको हो । उपभोक्ता समितिले मर्मत सम्भारको जिम्मेवारी लिन नमानेको र विद्युत प्राधिकारणले लाईन जडान गर्न नमानेपछि बोरिङ सञ्चालनमा आउन नसकेको हो । सञ्चालनमा ढिलाई हुँदै गएपछी हिजो बसेको सर्वपक्षीय बैठकले समस्या समाधानतर्फ अघी बढ्ने निर्णय गरेका छन् ।

‘डिप बोरिङ’ निर्माण उपभोक्ता समितिले खरिद गरेका बिद्युत पोलमा प्राधिकरणको आधिकारीक चिन्ह पाईएका कारण बिद्युत जडान नगरिएको बिद्युत प्राधिकरण सिमराका प्रमुख ईन्जिनीयर रोहणी पौडेलले जानकारी दिनुभयो । बिक्रेताले ‘एनइए’ अंकित पोलहरु बिक्री गरेको बिलसहितका कागजात उपलब्ध गराउनुपर्ने बताउँनुभयो ।

वडा नम्बर १६ स्थित जलेस्वर जल उपभोक्ता समितिमा १३ र वडा नम्बर ३ स्थित बजनी र रामबन जल उपभोक्ता समितिमा ३ वटा प्राधिकारणको चिन्ह अंकित पोल प्रयोग भएका छन् । त्यसैगरी लामो समयसम्म अन्योल बनेको आयोजना मर्मत सम्भारको जिम्मेवारी भुमिगत सिँचाईँ आयोजनाले लिने भएको छ ।

मर्मत सम्भारको मुख्य जिम्मेवारी सम्बन्धीत उपभोक्ताहरुको रहने भएपनी उपभोक्ता समितिले त्यसको जिम्मेवारी लिन नसक्ने बताएका थिए । तर विहिबार सो को जिम्मेवारी लिन आयोजना कार्यालय वीरगञ्जका प्रमुख अरबिन्द कुमार मिश्र तयार भएपछी ‘डिप बोरिङ’ सञ्चालनको गाँठो फुकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button