तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जाका ३ जनामा कोरोना पुष्टि

काठमाडौं । बिहीबार बिहान तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा एक महिलासहित तीन जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

वालिङका २२ र २६ वर्षका दुई पुरुष तथा वालिङकै ३९ वर्षकी एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिए। संक्रमण पुष्टि भएका तीनैजना गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा थिए।

उनीहरुलाई गाउँको क्वारेन्टाइनबाट सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको डा.शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button