तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरका ५२ पत्रकारको कोरोना बिमा

भोजपुर । कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका पत्रकारका लागि भोजपुरका स्थानीय जनप्रतिनिधिले बिमा कम्पनीसँग सम्झौता गरेका छन् ।

उनीहरुले नेपाल पत्रकार महासंघ भोजपुरमा आबद्ध क्रियाशील ५२ पत्रकारको बिमा सम्झौता गरेको हो । भोजपुर नगरपालिका उपमेयर ममिता राई, वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङ र वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पत्रकारको बिमा सम्झौता गरेका हुन् ।

अग्रपंक्तिमा रहेर जोखिमपूर्ण तरिकाले समाचार संकलन गरिरहेका पत्रकारको व्यक्तिगत सुरक्षाका लागि बिमाको व्यवस्था गरिएको उपमेयर ममिता राईले जानकारी दिनु भयो । पत्रकार आबद्ध सञ्चारगृहबाट तलब नआउने अवस्थामा यदि कोहीमा संक्रमण देखिए अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आइपर्ने आर्थिक समस्यामा बिमा कम्पनीबाट प्राप्त हुने रकमले केही राहत मिलोस् भन्ने उद्देश्यले बिमा गर्न सहयोग गरेको उहाँले बताउनु भयो ।

बिमा कम्पनीसँग भएको सम्झौता अनुसार फिल्डमा खटिने कुनै पत्रकारलाई संक्रमण भएमा कम्पनीले १ लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button