तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

अजय छतकुली । धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ मुसहर टोलबाट जेठ १० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १८ वर्षीय रुपेशकुमार यादव र १९ वर्षीय विपीन यादव छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा एक्जीप्लोन ५० बोतल, नाईट्राभेट ट्याब्लेट ३५ पत्ता र स्पास्मो ट्याब्लेट १२ पत्ता फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसबेला एपीएफ टोलीले उनीहरुको साथबाट एउटा मोवाईल सेट र नगद एक हजार सात सय ५५ रुपैया समेत बरामद गरेको छ ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोवाईल सेट र नगदसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button