तपाईँ सुन्दै हुनुहुन्छः

विश्वभर संक्रमित ५२ लाख नाघ्यो, ३ लाख ३९ हजारको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५२ लाख नाघेको छ ।

वल्डोमिटरर्सको अनुसार शनिबार बिहानसम्म विश्वभर २४ घण्टाको अवधिमा एक लाख सात हजार नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा एक लाख ७ हजार ७१६ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ५ हजार २५२ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ५८३ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख २ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घन्टामा १२ सय ९३ जनाको ज्यान गएको छ भने अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९७ हजार ६सय ४७ पुगेको छ । अमेरिकामा १६ लाख ४५ हजार जना संक्रमित भएका छन् । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजारको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button