तपाईँ सुन्दै हुनुहुन्छः

चोरीमा संलग्न एक जना पक्राउ

मेलम्ची । गए राती चोरी भएको मेलम्ची बजारको चन्दु माबाईल हाउसको सामानसहित एक जनालाई पक्राउ परेका छन् ।

मोबाइल हाउसबाट मोबाइल चोर्ने पाँच पोखरी थाङपालधाप गाउँपालिका – ७ का १३ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त चोरीको घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

उनलाई तिपेनी बजारमा शङ्कास्पद अवस्थामा हिँडिरहेको बेला प्रहरीले सोधपुछ गरी खानतलासी गर्दा १४ थान मोबाइल पाइएकोले पक्राउ गरिएको बताइएको छ ।

बालकको साथबाट १३ हजार नगतसहित मोबाइल १४ थान, घडी सात थान, एयर फोन १०, चार्जर १४ र पावर बैङ्क पाँच थानसहित विभिन्न सामानहरूसहित पक्राउ गरिएको पनि तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button