तपाईँ सुन्दै हुनुहुन्छः

किसानको तरकारी खेतमै नष्ट हुने अवस्थामा

बैतडी । बैतडीको डिलाशैनि गाउँपालिका ३ ममरोडाका किसानहरुले उत्पादन गरेको तरकारी बजारको अभावमा खेतमै नष्ट हने अवस्थामा पुगको छ ।

आर.भि.डब्लु.आर.एम. पी र साडा नेपाल बैतडीको सहयोगमा लालिगुराश प्रगतिसिल कृषक समूहले उत्पादन गरेको तरकारी अहिले लकडाउनका कारण बजार बन्द हुदाँ बिक्रि हुन छाडेको कृषक हेमराज कपाडिले बताए । अहिले आफुहरुका १५ वटा पोलिहाउस भित्र दैनिक ८ देखि १२ कुन्टल सम्म तरकारी फलेपनि बिक्रि गर्न समस्या भएको उनले बताए ।

आफुहरुले बेमौसमी तरकारीहरु टमाटर, फर्सि, लौका, भेडे खुर्सानी, बैगुन, काक्रा र करेला लगयतका तरकारी उत्पादन गरेपनि बिक्रि गर्न समस्या भएको कृषक कपाडिले बताउनुभयो ।

किसानहरुले उत्पादन गरेको तरकारी डोकोमा बोकेर गोकुलेश्वर तथा गन्ना बजारसम्म पुर्याउँदा समेत निकै सस्तो मुल्यमा बेच्नु परिरहेको स्थानिय गंगासागर जोसीले जानकारी दिनभयो । लक डाउनका कारण अहिले पसलहरु बन्द हुदाँ तरकारी बेच्ने किसानहरु मारमा परेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button