तपाईँ सुन्दै हुनुहुन्छः

चीन सरकारद्वारा सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री सहयोग

मेलम्ची । चीन सरकारले सिमा जोडिएको सिन्धुपाल्चोक जिल्लालाई एक करोड रुपैयाँँ बराबरको स्वास्थ्य सामाग्री अनुदानमा आज हस्तान्तरण गरेको छ ।

चीनको न्यालम जिल्लाले सिन्धुपाल्चाकको लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

मंगलवार मितेरी पुलमा चिनियाँ अधिकारीहरुले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललगायतको सरकारी टोलीलाई सो सामग्री हस्तान्तरण गरेको हो ।

केही दिन अघि भएको सिमा बैठकमा प्रजिअ ढकालले सहयोगका लागि अनुरोध गर्नु भएको थियोे ।

न्यालमले डिस्पोजल मास्क एक लाख ३० हजार, एन नाइन्टिन फाइभ माक्स १५ सय, पीपीई ११ सय, इन्फ्रारेड थर्मो्मिटर एक सय ८ वटा, टेष्ट कीट १५ सय सिन्धुपाल्चोकका लागि सहयोग दिएको भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रक्रिया पुगेपछि भोलि ती सामग्री सदरमुकाम लैजाने सिडियो ढकालले बताउनुभयो ।

जिल्लामा ती सामागी जिल्ला कोभिड–१९ विपद व्यवस्थापन कोषमा रहनेछन् । चीनका तर्फबाट जाग्बु बन्दरगाहका प्रमुख अधिकृत यान जीनसहितको चार जनाको टोली आउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button