तपाईँ सुन्दै हुनुहुन्छः

सबै स्थानिय तहमा कृषि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रदेश नं. ५ सरकारकाे निर्णय

बुटबल । कोरोना भाइरसका कारण नेपाल फर्कने युवाहरुलाई लक्षित गर्दै प्रदेश नं. ५ सरकारले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

विहिबार बसेको मन्त्रिपरिषद्को निर्णयले प्रदेशका १ सय ९ वटै स्थानिय तहमा लागु गर्ने गरी कृषि विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । उक्र कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैया बजेट रहेको छ । साउन मसान्तसम्म खर्च गर्ने गरी कार्यक्रम बनाइएको छ ।

प्रदेश सरकारले कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया विनियोजन गरेको छ । त्यस्तै गुल्मी, प्युठान, रुकुम र रोल्पामा बेमौसमी आलु उत्पादन कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च हुनेछ । यसबाट ५ सय किसान लाभान्वित हुन र प्रतिरोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने निर्णय बैठकले गरेको छ ।

व्यवसायीक तरकारी खेतीका लागि १४ करोड रुपैयां खर्च हुने, विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रमका लािग २१ करोड ८० लाख खर्च गर्ने निर्णय बैठकले गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

व्यवसायिक तरकारी खेती दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम मा लागु हुनेछ भने विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम प्रदेशका १ सय ९ वटै पालिकामा लागु हुनेछ । यसमा मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न प्रतिकिसान २० हजारका दरले सरकारले सहयोग गर्नेछ । यसबाट १० हजार ९ सय लाभान्वित हुने अपेक्षा गरिएको छ ।

त्यस्तै २ हजार किसानलाई ब्रोइलर कुखुरापालनमा साना किसान लक्षित कार्यक्रम पनि अगाडि सारिएको छ । त्यसका लागि ७ करोड रुपैया खर्च हुने र ६ हजार किसान लाभाम्बित हुने बताइएको छ । दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया, बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया खर्च हुनेछ । यो कार्यक्रम १२ वटै जिल्लामा लागु हुनेछ । यो कार्यक्रमबाट २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने लक्ष्य लिइएको छ । यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button