तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजारको कारोबार बन्द गर्न निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लकडाउनको अवधी सम्मका लागि शेयर बजारको कारोवार स्थगित गर्ने नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ ।

नेपाल सरकारले लकडाउनलाई थप कडाइका साथ अवलम्वन गर्न गरेको व्यवस्था संगै बोर्डको आज बसेको बैठकको निर्णय अनुसार धितोपत्रको दोश्रो बजारको कारोवार लकडाउनको अवधि भरका लागि स्थगन गरिएको नेपाल धितोपत्र बार्डले जनाएको छ ।

नेपाल सरकारको बैशाख २४ को निर्णय अनुसार बोर्डबाट यस अघि नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा धितोपत्र व्यवसायी लगायत संस्थालाई बैशाख ३१ गतेसम्म जारी गरिएको सबै सवारी पासहरु समेत रद्द गरिएको पनि बार्डले जनाएको छ ।

साथै अतिआवश्यक सेवा संचालन हुने संस्थाको लागि नेपाल सरकारको बैशाख २४ गतेको निर्णय अनुसार बोर्डबाट जेठ १देखि जारी गरिएको सवारी पास मात्र मान्य हुने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो ।

बन्द भएको ५०औं दिनमा मंगलबार दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाइएको भए पनि बजार डेढ घण्टा पनि नपुग्दै कारोबारमा नेगेटिभ सर्किट ब्रेक लागेर बन्द भएको थियो ।

शेयर बजारमा दुई दिन कारोबार सञ्चालन हुँदा बजार करिब ५० अंकले ओर्लिएर १२०१ अंकमा झरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button