तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा थपिए एक नयाँ सङ्क्रमित, कुल २४६

काठमाडौ । कोरोनाभाइरस सङ्क्रमितको संख्या २४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमित नवलपरासीको देवचुली नगरपालिका वडा नं १२ बस्ने पुरुष हुनुहुन्छ ।
मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार नयाँ थपिएका सङ्क्रमितको नमूना भरतपुर प्रयोगशालामा परीक्षण गरिएको हो । उहाँ ४९ वर्षीय हुनुहुन्छ । यसअघि मन्त्रालयले कुल संङ्क्रमितकाे संख्या २५० पुगेको जनाएकोमा धनुषा, महोत्तरी र सर्लाहीका पाँच जना सङ्क्रमितको तथ्याङक पुरानै जोडिएको मन्त्रालयले प्रष्ट्याएको छ । मन्त्रालयले नयाँ थपिएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button